
पूर्णपुष्टि, असार ४ । स्पेनले युइएफए नेसन्स लिगको उपाधि पहिलो पटक जितेको छ । गएराती नेदरल्याण्ड्सको रोटरडममा भएको फाईनल खेलमा क्रोएसिलाई पेनाल्टी सुटआउटमा ४–५ गोलले हराउँदै स्पेनले उपाधि चुमेको हो ।
खेलको निर्धारित र एक्ट्रा समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टीसुटआउटमा स्पेनका लागि जोसेलु, रोड्री, मिकेल मोरेनो, मार्को असेन्सियो र डानी कार्भाजलले गरे । मरिक लापोर्टाले गोल गर्न सकेनन् ।
क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोडरिच र इभान पेरिसिकले गोल गरे । लोभ्रो माजे र ब्रुनो पेटकोभिचले गोल गर्न सकेनन् । पेटकोभिचले गरेको प्रहार स्पेनका गोलकिपर उनाई सिमोनले रोकेका थिए । सन् २०१२ मा युरो जितेको स्पेनले ११ बर्षपछि अन्तराष्ट्रिय उपाधि जितेको हो ।
इटाली नेसन्स लिगमा तेस्रो
नेसन्स लिगको तेस्रो स्थानको लागी भएको खेलमा इटालीले जित निकालेको छ । आईतबार राती भएको खेलमा इटालीले नेदरल्याण्ड्सलाई ३–२ गालेले हराउँदै तेस्रो भएको हो । इटालीको लागी फेडेरिको डिमार्को, डेभिड फ्रातेसी र फेडेरिको चिसा गोल गरे । नेदरल्याण्ड्सका लागी स्टेभन बेर्जविन र जर्जिनियो विज्नाल्डम गोल गरे ।
