
पूर्णपुष्टि, भदौ १०
माओवादी अध्यक्ष पुष्प कमल दाहल (प्रचण्ड) ले धरानका मेयर हर्क साम्पाङले कम्युनिष्टको काम गरिरहेको जनाएको छ । उनले हिजो कम्युष्टिहरुको उदेश्य र माओवादीले उठाएको बिषेश ऐजेण्डाहरु हर्क साम्पाङले गरिरहेको काम सँग चुस्त दुरुस्त रहेका कारण हर्कबाट पार्टीले नै केहि कुराहरु सिक्न सकिने जनाए । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेका प्रचण्डले वृक्षारोपणमा समेत सहभागी भएर यस्तो बताएका हुन् । उनले हर्कले जस्तै सँधै जनताहरु सँग नजिक रहेर काम गर्न अन्य जनप्रतिनिधिहरुलाई संकेत गरेको छ । जनप्रतिनिधी र जनताविचको सुमधुर सम्बन्धले नै देश विकास हुने हुँदा हर्क बाट थप प्रेरणा लिन सकिने उनले सुझाएको छ ।

