Monday, June 1News That Matters

धादिङ पहिरोमा परेको दुई जना अझै फेला पर्न सकेन

पूर्णपुष्टि, पुष ३०
बाटो खन्ने क्रममा माथि बाट पहिरो खसी डोजर समेत पुरिएर बेपत्ता भएको दुईजना अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिएको छ । हिजो बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए ।

साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । डिएसपी भण्डारीका अनुसार आज पनि बिहानै बाट बेपत्ताको खोजी कार्य जारी राखेको जनाएको छ । बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् ।

‘पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था छैन, मानिसले नै आफैं पहिरो पन्छाउनुपर्छ त्यसैले खोज्न कठिन भइरहेको छ’ डिएसपी भण्डारीले भने ।रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका हुन् ।