धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पूर्णपुष्टि, मंसिर ११ । झापामा धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका–४ का २३ बर्षीय आषिश तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता ऋषिराम कडेंलका अनुसार आज बिहान साँढे ६ बजेको समयमा तामाङले ४५ बर्षीय बुबा भोला कुमार तामाङलाई कराई र धारिलो हतियार दाउले टाउको लगायत शरिरका बिभिन्न भागमा प्रहार गरी हत्या गरेको भन्ने सुचना प्राप्त भएको थियो । हत्या पश्चात फरार रहेको तामाङलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई कमल गाउँपालिका–४ दुधेबाट पक्राउ गरेको प्रवक्ता कडेंलले बताए । मृतक तामाङको कानूनि प्रकृया पुरा गरी शव परिक्षणको लागी दमक अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा अन्य आवश्यक थप अनुसन्धान ईलाका प्रहरी कार्यालय दमकले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0