नक्कली नोटसहित महतो पक्राउ

पूर्णपुष्टि, कार्तिक ११
नक्कली नोटसहित महोत्तरीबाट एक जना युवक पक्राउ परेको छ । जिल्लाको गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई आज बिहान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशंकामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले बताउनुभयो ।
पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय, महोत्तरी पठाइएको छ । महतो भारत र नेपाल दुवैतिरका तरकारी व्यापारी रहेको प्रशरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: