
पूर्णपुष्टि, जेठ २९ । आफुलाई नेकपा माओवादी पार्टी (विप्लब समुह) को मान्छे बताउदै ठगी कार्य गरिहिड्ने एक ब्यक्ति आज गाइघाटमा पक्राउ परेका छन् । विभिन्न ठाउँमा पार्टीको नाम भजाएर पैसा असुल्ने र ठग्ने कार्य गर्दै आएका सिरहा घर बताउने रामऔतार यादव पक्राउ परेका हुन् । पार्टीको नाम अभिषेक प्रताप सिंह बताउने उनको साथबाट रामऔतार यादव नाम उल्लेख भएको एक परिचय पत्र फेला परेको हो ।
उनलाई उदयपुर अस्पतालमा पार्टीको नाम लिदै ठग्ने क्रममा वास्तविक पार्टीका कार्यकर्ताहरुले फेला पारी पक्रेर प्रहरीलाई जिम्मा लगाएको हो । निकै समय अघिदेखि उनले गठी गर्दै आएको र पैसा असुल्दै आएको पाइएको सो पार्टीका अमृत सिले जानकारी दिए । उनलाई कानुनी कारवाहीका लागि प्रहरीलाई जिम्मा लगाएको उनले बताए ।
त्रियुगा नगर प्रहरी इन्चार्ज कमल कार्कीका अनुसार विप्लब माओवादी कार्यालयबाट खबर आएपछि सो ब्यक्तिलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरीमा जिम्मा लगाइएको छ । जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
