Wednesday, June 10News That Matters

अत्याधिक गर्मी बढेसँगै कटारी अस्पतालमा बिरामीको चाप

पूर्णपुष्टि,जेष्ठ २९ । केहि दिन यता अत्याधिक गर्मी बढेसँगै उदयपुरको कटारीमा अवस्थित कटारी अस्पतालमा बिरामीहरुको चाप बढ्दै गएको छ । प्रचण्ड गर्मीका कारण स्थानीयहरुमा ज्वरो,झाडापखाला,घाँटीमा र इन्फेक्सन जस्ता बिरामीहरु बढ्न थालेको हो ।

कटारी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. गौरव साहका अनुसार गर्मीले गर्दा अस्पतालमा अहिले दैनिक १ सय ५० देखि २ सय जना सम्म बिरामी आउने गरेको बताए । डा.साहले भन्नु भयो “अस्पतालको ओपिडी कक्षमा दैनिक १ सय देखि १ सय५० जना र आकस्मिक कक्षमा दैनिक ३० देखि ५० जना सम्म ज्वरो, झाडापखलाका बिरामी आउने गरेका छन्”। यस अस्पत्तालमा उदयपुरको कटारी नगरपालिका र पहाडी गाउँपालिका ताप्ली,उदयपुरगढी गाउँपालिकाका अलावा सिन्धुलीको दुधौली नगरपालिकाबाट समेत विरामीहरु आउने गरेका छन् ।

गर्मी बढेसँगै खानपानमा उचित ध्यान नदिएर बिरामीको संख्या बढ्ने गरेको डा.साहले जनाए । गर्मीबाट जोगिएर खानपानमा ध्यान दिन सके बिरामी हुनबाट बच्न सकिने पनि डा.साहको भनाई छ ।