Monday, April 20News That Matters

काठमाण्डौँ महानगरद्धारा दुईओटा अस्पताल सिल

पूर्णपुष्टि, जेष्ठ २९ । काठमाण्डौँ महानगरपालिकाले दुई ओटा अस्पताल सिल गरेको छ । सोमबार महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ । अस्पतालले अपनाउनु पर्ने मापदण्ड समेत ती अस्पतालहरूले पालना नगरेको पाइएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलल जानकारी दिए ।

‘दुवै अस्पताल १५ शय्याका भएतापनि अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही नभएको र फेरि दर्ता नवीकरण समेत नभएको भेटिएपछि महानगरले सिल गरेको पौडेलले बताए । चाइना पिपुल्स अस्पतालमा अनुगमन टोली पुग्दा अस्पतालले डिस्र्चाज गरिसकेको र डिस्चार्जको तयारीमा रहेको एक व्यक्ति थिए भने सहयात्रीमा एक जना पनि बिरामी नभएको पौडेलले बताए ।