
पूर्णपुष्टि,जेष्ठ २९ । जिल्लाको ताप्ली गाउँपालिकामा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यका साथ अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता आज देखि सुरु भएको छ । आज देखि तीन दिन सम्म सञ्चालनमा रहने प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष ढुङराज विश्वकर्माले गरेको हो ।
ताप्ली युवा तथा खेलकुद बिकास समितिको आयोजनामा र गाउँपालिकाको सहयोगमा आजबाट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ६ ओटा टिम सहभागी भएका छन् ।
दमक नगरपालिका झापा १, हलेसी तुवाचुङ नगरपालिका, त्रियुगा नगरपालिका र उदयपुरको ताप्ली गाउँपालिकाको तिन टिम विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख ५१ हजार एक सय ११ सहित सिल्ड र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद १ लाख १ हजार एक सय ११ र तेस्रो हुनेले ५१ हजार १ सय एघार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
