
पूर्णपुष्टि,जेष्ठ २९ । फेश अफ उदयपुर २०२३को उपाधी गाईघाटकी अल्का विश्वकर्माले जितेकी छिन् । शनिवार त्रियुगा नगरपालिका ३, मोतिगडा स्थित होटल दि एक्पायर इनको कार्यक्रम हलमा गरिएको ग्राण्ड फिनालेमा विश्वकर्माले उपाधीको ताज चुमेकी हुन् ।
उपाधी जितेका विश्वकर्मालाई विङ्स इन्टरटेन्मेन्टका अध्यक्ष शान्ति ठाकुरले फेश अफ उदयपुर २०२३को ताज पहिर्याइदिएकी हुन । अध्यक्ष ठाकुरका अनुसार जिल्लामा प्रत्यक वर्ष आयोजना गर्दे आएको मिस उदयपुरको चौथो संस्करणलाई फेश अफ उदयपुरको रुपमा प्रस्तुत गरिएको बताइन् ।
प्रतियोगितामा गाईघाटकी स्नेहा शोनि फस्ट रनर अप, चौदण्डिगढि नगरपालिकाकि सृस्टि कार्किले सेकेण्ड रनर अप, वेलका नगरपालिकाको किरण कार्कि थर्ड रनर अप र रौतामाई गाउपालिकालि सङिता विश्वकर्माले फोर्थ रनर अपको उपाधी हात पारेका छन् । फिनालेमा ७ जना अन्य विधामा पनि विजेता घोषणा गरिएको थियो ।

ग्राण्ड फिनालेको निर्णायकमा डाक्टर निर्मला चौधरि, सोम्स कलेजका निर्देशक तथा प्रोफेसर दिनेश दहाल, मिस थारु २०२१ लिभा थारु रहेका थिए ।
२०२३ को बिजेताको उपाधी सहित अल्काले पब्लिक चोईस अवार्डको सबटाइटल समेत जितिन् भने भिवर्स चोईस र वेस्ट ड्रेसको अवार्ड स्नेहा शोनि,वेस्ट वाक अवार्ड शृस्टि कार्कि, पपुर र वेस्ट ट्यालेन्ट अवार्ड किरण काकी, वेस्ट पर्फमर अवार्ड सङिता विश्वकर्मा, मोस्ट पन्चुअल गायत्रा विक र वेस्ट कन्फिडेन्ट हिमानि मगरले हात पारेका छन् ।
कार्यक्रमलाई जैन विश्वविधालय वैङ्लोर र टुवर्गले प्रायोजन गरेका थिए।
