Thursday, April 30News That Matters

नदिले बगाउँदा १ जना बेपत्ता

ताप्लेजुङ, मंसिर १० गते । 

ताप्लेजुङको पाथीभरा याङवरकको एक जनालाई तमोर नदिले बगाउँदा बेपत्ता भएको छ । पाथीभरा याङवरक गाउँपालिका–१ निबासी ६० वर्षीय संगिता सुनुवारलाई नदिले बगाउँएर बेपत्ता भएको हो ।

नदि किनारमा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवारले नदीको पानी भर्ने क्रममा सोमबार दिउँसो पौने ५ बजे नदिले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।