Monday, June 29News That Matters

नदीले बगाएर गैँडाको केटो भारत पुर्यायो

पूर्णपुष्टि, असोज १०

चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) नारायणी नदीले बगाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट बाढीले केटो बगाएको हो ।

तीन वर्षको केटोलाई नदीले बगाएको निकुञ्जले जनाएको छ । बाढीले केटोलाई बगाएर भारत पुर्याएको जनाईएको छ । भारत पुगेको केटोको अवस्थाबारे अहिलेसम्म जानकारी पाउन नसकेको र भेटिएपछि खबर गर्न भनेको निकुञ्जले जनाएको छ ।

विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।