Wednesday, January 14News That Matters

नयाँ सिडियो र उदयपुरका पत्रकार भेटघाट, अन्तरक्रिया र प्रतिबद्धता साटासाट

पूर्णपुष्टि/उदयपुर, कार्तिक २० ।
उदयपुर जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीको आगमन भएको छ । तीनदिन अघि आइपुगेका प्रजिअ जिल्लाका विभिन्न पक्षहरुसंग अन्तरक्रियामा छन् । सुदुरपश्चिममा जन्मि–हुर्की पूर्वको कोशी प्रदेश अन्तर्गत उदयपुर आइपुगेका उनी नयाँ भुगोल, नयाँ जिल्लाको बस्तुस्थिति, समस्या र चुनौती बुभ्mने क्रममा छन् ।
जिल्लास्थित सुरक्षा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीयतहका प्रमुख उपप्रमुखहरुसंग अन्तरक्रिया सकेपछि आज पत्रकारहरुसंग भेटघाट गरेका हुन् ।
बाँकेबाट सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी हुन् धर्मराज जोशी । १४ वर्षअघि सेक्सनअफिसरको रुपमा सेवामा प्रवेश गरेका उनी हुलाक, अख्तियार, जिल्ला विकास समिति, स्थानीयतह, सहयाक सिडियो हुँदै प्रमुख जिल्ला अधिकारीको भुमिकामा पुगेका छन् ।
पत्रकारहरुसंगको भेटघाटमा उनले पत्रकारिताको दुरुपयोगले ल्याउने परिणाम भयानक हुने भन्दै दुरुपयोग हुन नदिन आग्रह गरेका छन् । पत्रकारहरुसंगको सुचना आदानप्रदान कार्यलाई चुस्तदुरुस्त बनाउने बताएका छन् ।
उनले शान्ति सुरक्षा, विपद् ब्यवस्थापनमा ढुक्क हुन बचन दिएका छन् । शान्ति सुरक्षा र विपद् ब्यवस्थापनमा जनताको विश्वास घट्न नदिने भनेका छन् ।
लागूऔषधको विषय सबै पक्षबाट उठान भएको र त्यसमा तीन रणनीतिमा काम गर्ने बताए ।
उनले उदयपुर बसुन्जेल जिल्ला प्रशासनलाई घर र उदयपुरबासीलाई परिवार सम्झेर काम गर्ने बताएका छन् ।
स्थानीय प्रशासन संग सुचना आदानप्रदान र सहकार्यमा पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् ।