नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधि बागमती फुटबल क्लव सर्लाहीले जित्यो

पूर्णपुष्टि, कार्तिक ४ । नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधी बागमती फुटबल क्लव सर्लाहीले जितेको छ । न्यु त्रियुगा स्पोर्ट क्लव सप्तरीसंग आजको फाइनल खेलमा १–० को अन्तरमा सर्लाहीले उपाधी जित्न सफल भएको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका –४ बसाहामा भएको गोल्डकप प्रतियोगिताको उपाधी जितेसंगै सर्लाहीले नगद चारलाख एकहजार पुरस्कारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउनु परेको सप्तरीले नगद २ लाख १ हजार पुरस्कार प्राप्त गर्यो ।

खेलको ३ औं मिनेटमै सर्लाहीका श्रृजन गौतमले गोल गरे । सोही गोल उपाधी चुम्न निर्णायक बन्न पुग्यो । दर्शकको समर्थन बढि पाएको सप्तरीले सुरुमै गोल खाएपछि खेलमा दवाव परेको थियो । गोल फर्काउने प्रयासलाई सर्लाहीले विफल तुल्यायो । सर्लाहीले पनि थप गोल गर्न सकेन ।

उपाधि विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि प्रदेश सांसद सम्झना तामाङ, चौदण्डीगढी नपाका मेयर कालु लामा, पूर्व मेयर खगेन्द्र राई लगायतले पुरस्कार प्रदान गरे । असोज २७ गतेदेखि सुरु प्रतियोगितामा ८ राष्ट्रिय फुटबल टिमले प्रतिष्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0