
पूर्णपुष्टि, असोज १० ।
नवौं नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । आयोजकका अनुसार यहि असोज २७ गतेदेखी कार्तिक ४ गतेसम्म प्रतियोगिता संञ्चालन हुने छ । चौदण्डीगढी नगरपालिका–४ स्थित नारदमुनी रंगशालामा खेल सञ्चालन गरिने बसाहा क्लबलका अध्यक्ष गौतम राईले जानकारी दिए ।
विगतका संकरणमा झैँ यस संकरणमा पनि ८ क्लबले सहभागी जनाउने छन् । प्रतियोगितामा नेपालका लोकप्रिय टिमहरुको सहभागी रहने आयोजकले जनाए । झापाको गोर्खा बोईज, सुनसरीको एभरेष्ट क्लब, सर्लाहीबाट बागमती स्पोर्टस क्लब, सप्तरीबाट न्यु त्रियुगा स्पोर्ट क्लब, काठमाण्डौंबाट एविनिय एफ. सि. उदयपुरबाट कटारी एफ सि क्लब, र आयोजक बसाहा क्लब रहने छ । प्रतियोगितामा प्रथम पुरस्कार ४ लाख १ हजार छ भने दोस्रो पुरस्कार २ लाख १ हजार छ ।