Wednesday, June 17News That Matters

नाई सहयोग संस्थाद्धारा एकल महिलालाई राहत हस्तान्तरण

पूर्णपुष्टि,माघ २४ गते । नाई सहयोग संस्था नेपालले सप्तरीका एक एकल महिलालाई किराना सामाग्री हस्तान्तरण गरेको छ । बुधबार ड्रिम्ल्याण्ड होटल गाईघाटमा नाई सहयोग संस्था नेपाल केन्द्रिय कार्यालय धनुषाको सहयोग र नव गठित नाई सहयोग संस्था गाईघाट, उदयपुरको आयोजनामा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

त्रियुगा नगरपालिका स्तरिय अगुवा नाई स्वजातिय भेला अन्तरगत सप्तरी जिल्ला खडक नगरपालिका वडा नं ५ (खरछुईया)का एकल महिला प्रमिला ठाकुरलाई सम्मान स्वरुप किराना पसलका सामाग्री नाई सहयोग संस्थाका केन्द्रिय अध्यक्ष रोशन कुमार ठाकुले प्रदान गर्नुभएको छ । उनका अनुसार समाजमा रहेका बिडित बर्गहरुलाई व्यक्ति पहिचान गरी संस्थाले बिगतको समय देखिनै सहयोग गर्दै आएको बताए ।

त्रियुगा नगर कमिटि गठन प्रस्चात गाईघाटका लागि नवगठित नाइ सहयोग संस्थाले एकल महिला ठाकुरलाई सम्मान स्वरुप पाँच हजार नगर प्रदान गरेको छ । ठाकुरकी दुई बालबालिकाको शैक्षिक सुधार र जीविकोपार्जन गर्नको लागि टेवा पर्याउने उद्देश्यले नाइ सहयोग संस्था नेपालका त्रियुगा नगर अध्यक्ष लाल बाबु ठाकुरको अध्यक्षामा संयुक्त रुपमा प्रदान गरिएका थिए ।

समिति स्थापना काल देखिनै संचालक परमेश्वर ठाकुरले समुदाय भित्र रहेका दुखि पिडितहरुलाई संस्थागत सहयोग गर्दै आउनु भएका छन् । उहाले संस्था र संस्थाको हक–हितको निमित्त महत्वपुर्ण योगदान दिदै आउँनुभएको छ । यता सस्थाका उपाध्यक्ष समेत रहेका शिव नारायण ठाकुरले व्यवसायीमा मुलुकलाई ठाकुर समुदायले पनि सहयोग गरेछ भन्ने सरकारले महसुस नगरेको उनले बताए । परदेशमा रहि समुदायीको हितको निम्ति ठाकुर समुदायका युवाहरुले पठाएको रकमबाट नाइ सहयोग संस्था चलाएमान रहेको उपाध्यक्ष ठाकुरले बताए ।

नेपाल राष्ट्रिय नाइ संघ १ नम्बर प्रदेश अध्यक्ष समत लाल ठाकुर,उदयपुर जिल्ला अध्यक्ष पुनदेव ठाकुर, नाइ सहयो सस्था सप्तरीका नगर अध्यक्ष पंकज कुमार ठाकुर (राजविराज), घनश्याम ठाकुर, बिरेन्द्र ठाकुर र राक्षित ठाकुर लगाए उदयपुरका नाइ संघ आवद्ध पद्धाधिकारीहरुको उपस्थिति रहेको थिए ।