Friday, May 22News That Matters

नागरिक्ता पीडित र प्रहरीबीच माइतीघरमा झडप

पूर्णपुष्टि,असार ५ । नागरिकताविहीन संघर्ष समिति र प्रहरीबीच आज काठमाडौंको माइतीघर मण्डलमा झडप भएको छ । प्रदर्शनको क्रममा नागरिकता पीडितहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो।

प्रहरीले उनीहरूलाई रोक्न खोज्दा झडप भएको हो। दुई जनाको टाउकोमा चोट लागेको आन्दोलनरत इन्द्रजित साफीले बताए । केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको उनले बताए।

उनीहरू लामो समयदेखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्।