
पूर्णपुष्टि,असार ५ । उदयपुरको गाईघाटमा ४ दिने फुटबल प्रशिक्षक प्रक्षिक्षण सम्बन्धि तालिम सुरु भएको छ । गाईघाटको त्रियुगा नगरपालिका-११ स्थित होटल एवानमा मंगलवार देखि तालिम सुरु भएको हो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा जिल्ला फुटला संघ उदयपुरले आयोजना गरेको फुटबल प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिमको उद्धघाटन अखिल नेपाल फुटबल संघ(एन्फा)का महा–सचिव किरण राईले गरेका थिए ।

कार्यक्रममा बोल्दै महासचिव राईले यो तालिम सक्षम र एक असल प्रशिक्षक बन्ने पहिलो खुड्किला रहेको र यो खुड्किलाबाट असल र उत्कृष्ट प्रशिक्षक बन्ने यो पहिलो अवसर रहेकोले सबै सहभागीहरुलाई शुभकामनाका व्यक्त गरे । राईले भने,‘एउटा खेलाडीले राम्रो प्रशिक्षक बनेर महत्वपूर्ण भूमिका खेल्न सक्छ।’ ‘उनले भने खेल्कुदलाई अफुले नजिकबाट नियालेको र राम्रो अध्यास गरी व्यवसायी प्रशिक्षक तथा खेलाडी बन्नेहरुको भविश्य नेपालमै छ ।’ राज्यले खेलकुदलाई विशेष प्राथमिकतामा अझसम्म पनि राख्न सकेको छैन । खेल र खेलाडीलाई निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने आश्यक रहेको र निजी क्षेत्रसँग सहकार्य गर्दै खेलाडीलाई व्यवसायी बनाउनु जरुरी रहेको राईले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले यो तालिम उदयपुर जिल्लामा पहिलो पल्ट गराएको र यस तालिमको अवसरबाट सहभागित प्रशिक्षकहरुले भरपुर फाईदा लिने विश्वास व्यक्त गरे । उनका अनुसार स्थानीय स्तरमै राम्रो फुटबल (प्रशिक्षक) उत्पादन गर्ने उद्देश्यलका साथ तालिमको आयोजना गरेको र तालिम खेलकुद क्षेत्रको लागि उपलब्धी मुलक रहेको जानए ।

यस्तै नगर खेल्कुद बिकास समितिका सचिव किरण कार्कीका अनुसार जिल्लामा धेरै प्रतियोगिताहरु सञ्चालन गर्दै आएको तर प्रतियोगितालाई मर्याधित ढंगले सञ्चान गर्न मुख्यत खेल प्रशिक्षकको प्रमुख भुमिका रहने बताए । उनले ‘उदयपुर जिल्लाका बिभिन्न वडा साथै विद्यालयहरुमा खेल्कुद क्षेत्रलाई उजागर गर्न र खेलकुदलाई मध्यनगर गर्दै खेल प्रशिक्षकहरुको प्राप्धान समेत मिलाएको छौँ’ ।
उक्त प्रशिक्षणमा एन्फाका हेड अफ कोच एजुकेसन संजित सिंह र श्याम मानान्धरले सहजीकरण गरेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)अखिल सहकार्यमा सुरुभएको तालिममा मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश गरी ३५ पुरुष प्रशिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा (एन्फा)का प्रतिनिधि साथै जिल्ला फुटबल संघ उदयपुरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
