Wednesday, April 22News That Matters

नापतौल प्रमाणपत्र दर्ता नबिकरण सोमवार सम्म गराई सक्न अनुरोध

पूर्णपुष्टि, २ असार ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा ब्यपारीहरुको नापतौल प्रमाणपत्र दर्ताको काम भैरहेको छ । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम शनिवारदेखी धमाधम भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । शनिवार जलजलेका ब्यपारीहरुको र आईतबार र सोमवार भने गाईघाटका ब्यपारीहरुको नविकरण गरिने अध्यक्ष रसाईलीले जनाए । नविकरण गर्ने अन्तिम समय ३ गते सम्म रहेको छ । संघले यस समय अबधि भित्र सबैले नविकरण गर्ने काम सम्पन्न गर्न आह्वान गरेको छ ।