
पूर्णपुष्टि, २ असार ।
स्थानीय सरकारलाई उद्योग ब्यवसायी र बजार व्यवस्थापनको लागि बजेट बिनियोजन गर्न ध्यानाकर्षण गराईएको छ । घरेलु तथा साना उद्योग महासंघ जिल्ला, त्रियुगा नगर र नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरले आगामी निति तथा कार्यक्रममा उद्योगी व्यवसायीहरुको कार्यक्रका लागि बजेट माग गरिएको हो । घरेलु महासंघ उदयपुरका अध्यक्ष मधुकर थापा, महासंघकै त्रियुगा नगर अध्यक्ष रुद्र श्रेष्ठ, सिलाई व्यवसायी संघकी अध्यक्ष ज्ञानु प्रधान र महिला उद्यमी समितिका अध्यक्ष बिना राईले ध्यानाकर्षण पत्र बुझाउँदै बजेट छुटाउन माग गरेको हो । त्रियुगा नगरपालिकाकी उपम्रमुख महेश्वरी राईलाई ध्यानाकर्षण बुझाईएको छ ।

उद्योगी ब्यवसायीहरुले नगरमा झण्डै ८० लाख माथी कर बुझाउने हँदा यस क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई उत्साहित गर्न बजेट छुटाउन माग गरिएको अध्यक्ष मधुकर थापाले जनाए । उपमेयर राई सहित त्रियुगा नगरपालिकाका उद्योग विकास शाखाका संयोजक घमान सिंह खत्री, योजना बिकाश शाखाका प्रमुख विश्वजित राई, उद्यम बिकाश शाखा लगायतलाई ध्यानाकर्षण गराईएको छ । उपमेयर राईले ध्यानाकर्षण भएको जानकारी गराउँदै सकेको सहयोग र पहल गर्ने जनाईन् । ध्यानाकर्षणमा भनिएका केहि बुदाहरु निकै महत्वपूर्ण रहेको भन्दै साथ सयहउोगमा पहल कदमी हुने राईको भनाई छ ।


