Wednesday, April 22News That Matters

प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबलको उपाधि बोक्से युवा संजाललाई

पूर्णपुष्टि, असार २ । प्रथम बुद्ध 8A साईड अन्डर १५ फुटबल प्रतियोगिताको उपाधि बोक्से युवा संजालले जितेको छ । शनिबार भएको फाईनल खेलमा बोक्से युवा संजालले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोलले हराउँदै उपाधि कब्जा गरेको हो ।

त्रियुगा नगरपालिका–१० गंगा खेल मैदानमा भएको खेलमा आर्यन दनुवारले गरेको एक मात्र गोल बोक्से युवा संजालको जितको लागी निर्णायक गोल बन्यो । उपाधि विजेता बोक्से युवा संजालले नगद रु. १० हजार ५ सय रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले नगद रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।