Wednesday, July 8News That Matters

निखिल इन्टरप्राइजेजले ठगी गरेको भन्दै प्रहरीमा उजुरी, नक्कली स्टीकर, कमसल र पुराना ब्याट्री र मोटर जोडेर नयाँ सिटिरिक्सा बेचेको आरोप

पूर्णपुष्टि/उदयपुर, असार २४ ।
गाईघाटमा सिटी रिक्सा बिक्रीका लागि खोलेको निखिल इन्टरप्राइजेजले ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । नयाँ सिटी रिक्साहरुमा नक्कली स्टिकर टाँसेर कम्सल र पुरानालाई मर्मत गरिएको ब्याट्री तथा मोटर जडान गरी ठगी गरेको आरोप उनीहरूको छ । १४० र १६५ वार्डको ब्याट्री भन्दै १००, १०५ वार्डको ब्याट्री जर्डन गरेको त्यसमा पनि पुरानालाई पेन्टिङ गरेर मर्मत गरेर नक्कली स्टिकर सहित पाइएको छ । नयाँ सिटीरिक्साको ब्याट्री नटिक्ने मोटर रामरी नचल्ने भएपछि पटकपटक गुनासो गर्दा इन्टरप्राइजेजले सुनवाई नगरेपछि आज प्रहरीमा उजुरी दिएको पीडित रिक्सावालाहरूको भनाइ छ। उनीहरूले सामूहिक रूपमा निवेदन दिँदै आफूहरूलाई क्षतिपूर्ति र ठगी गर्ने इन्टरप्राइजेसलाई कारबाहीको माग गरेका छन् । पीडितहरू प्रहरी गुहार्न पुगेपछि यता इन्टरप्राइजेजको सोरुम भने बन्द गरेर सञ्चालक बेपत्ता भएको पीडितहरूले बताएका छन् । बिहानीदेखि वरपर सिटीरिक्साहरु देखाएर खुलेको सोरुम एकाएक बन्द भएको छ। पीडितहरूले भनेका छन् ।

खरिद गरिएको रिक्सा र अन्य ब्याट्री मोटर लगायतका सामानको बिल समेत नदिने आरोप उनीहरूको छ । बिल दिन आलटाल गरेको उनीहरूको भनाइ छ । सञ्चालक निखिल गुप्ताले आफू काम विशेषले गाईघाट बाहिर गएको बताए । पीडितहरूमाथि भएको ठगीबारे उनी प्रष्ट रूपले बोल्न चाहेनन् ।
उनले सिटी रिक्सा तीन लाखभन्दामाथि मूल्यमा दुई मोडलको बेच्ने गरेको बताएका छन् । पीडितहरूले सम्बन्धित निकायले छानबिन गरी क्षतिपूर्ति दिलाउन र ठगी गर्नेलाई कारबाही गर्न माग गरेका छन्।