Sunday, July 12News That Matters

निर्माण व्यवसायी संघ उदयपुरको अध्यक्षमा आचार्य

पूर्णपुपिष्ट, मंसिर २९
निर्माण व्यवसायी संघ उदयपुरको अध्ष्गमा कौशल आचार्य निर्वाचित भएको छ । संघको १० औँ बार्षिक साधारणसभा सँगै आठौ अधिवेशन बाट आचार्य
अध्यक्षमा निर्वाचित भएकोे हो । आचार्यको नेतृत्वमा २० कार्यसमिति चयन भएको छ । आचार्यले अध्यक्षका लागि १३६ मत प्राप्त गरेका थिए भने उतका प्रतिस्पर्धी प्रेम तिमिल्सिनाले ३९ मत मात्र प्राप्त गरेका थिए । यस्तै प्रथम उपाध्यक्षमा सुनिल कार्की, दित्तिय उपाध्यक्षमा सुभाष कुमार भट्टराई, तृतिय उपाध्यक्षमा बिरेन्द्र खड्का निर्वाचित भएका छन् ।

यता महासचिवमा सुदिप दाहाल चयन भएका छन् भने सचीवमा कुल बहादुर राउत, कोषाध्यक्षमा अस्विन खड्का, सह कोषाध्यक्षमा भुवन खड्का चयन भएको छ । सदस्यहरुमा सीता कुमारी बस्नेत, मन्दिप राई, एक कुमार कार्की, उद्दप खत्री, राकेश खत्री, अनिल खड्का, बिनोद थापा, एल्विन बस्नेत, गणेश कुमार राई, प्रमोद पोखरेल, सुनिल शाह, हेम दाहाल, अनिल आचार्य रहेका छन् । अधिवेशन बुधबारबाट गाईघाट स्थित रत्न होटलमा सुरु भएका थिए ।