
पूर्णपुष्टि, माघ ४
नेकपा९प्रचण्ड–नेपाल० उदयपुरको पाँचौ जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । बैठकमा कमिटीका सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकिएको छ । जिल्ला कमिटी सचिव ईश्वरमणि राउतका अनुसार नगरपालिका, गाउँपालिका लगायत जनवर्गीय संगठनहरुको इन्चार्ज, सह–इन्चार्ज तथा अध्यक्ष तोकेको हो ।
जिल्ला उदयपुर इन्चार्ज बलदेव चौधरीको प्रमुख आतिथ्य रहेको बैठकमा त्रियुगा नगरपालिकाको इन्चार्जमा यदु ढकाल र सह–इन्चार्जमा दिल बहादुर तामाङलाई जिम्मेवारी दिइएको छ । बेलका नगरपालिका इन्चार्जमा धनपति आचार्य र सह–इन्चार्जमा राकेश किरातीलाई जिम्मेवारी दिइएको छ । चौदण्डीगढी नगरपालिकाको इन्चार्जमा कुमार खड्का र सह–इन्चार्जमा चुना थापा मगरलाई जिम्मेवारी दिइएको छ । कटारी नगरपालिकाको इन्चार्जमा मणिसुन्दर श्रेष्ठ र सह–इन्चार्जमा किसुनलाल दनुवारलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी उदयपुरगढी गाउँपालिकाको इन्चार्जमा देव गिरी र सह–इन्चार्जमा कर्णमाया मगरलाई दिइएको छ । रौतामाई गाउँपालिकाको इन्चार्जमा कैशाल बस्नेत र सह–इन्चार्जमा दिपेन्द्र दाहाललाई जिम्मेवारी दिइएको छ । लिम्चुङबुङ गाउँपालिकाको इन्चार्जमा कृष्ण निरौला र सह–इन्चार्जमा डिक बहादुर राउतलाई जिम्मेवारी दिइएको छ । ताप्ली गाउँपालिकाको इन्चार्जमा उद्धव सिंह थापालाई जिम्मेवारी दिइएको छ तर सह–इन्चार्ज भने केहि दिनभित्र तोकिने सचिब राउतले बताउनुभयो ।
चौदण्डीगढी नगर कमिटी अध्यक्षमा विसन विष्ट, उदयपुरगढी गाउँ कमिटी अध्यक्षमा केशव कार्की र लिम्चुङ्बुङ् गाउँ कमिटी अध्यक्षमा विनोद राईलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी त्रियुगा नगर कमिटी अध्यक्षमा केशव घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
निर्वाचन क्षेत्र नम्वर १ को संयोजकमा टेकबहादुर राउत र सचिवमा विमल किराती, निर्वाचन क्षेत्र नम्वर २ को संयोजकमा एविराज राई र सचिवमा हृदय तामाङलाई जिम्मेवारी दिइने बैठकले निर्णय गरेको छ । त्यसैगरी जनवर्गीय सङ्गठन अन्तर्गत प्रेस सङ्गठन उदयपुरको इन्चार्जमा तुलसी प्रसाद कोइराला र सह–इन्चार्जमा सुखिलाल चौधरीलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी हेम खड्का, प्रतिक्षा ढुङ्गाना, विमल कार्की र सरोज अधिाकारीलाई विद्यार्थी परिचालनको जिम्मेवारी दिइएको छ भने युवा परिचालनको जिम्मेवारी किशोर ताम्राकार, मोहन घिमिरे, दिपक दंगाल र सुपेन्द्र राईलाई दिइएको छ ।
खेलकुदको जिम्मेवारी नारायण अधिकारी, मजदुर सङ्गठनको जिम्मेवारी चुडामणी पोखरेल र पदम दाहाललाई दिइएको छ । लोकतान्त्रिक थारुको जिम्मेवारी सुनिता चौधरी, जयराम पंजियार, पशुपति चौधरी, देवनारायण चौधरी, सोमन चौधरी, शिवकान्त चौधरी र भगवानी चौधरीलाई दिइएको छ ।
बैठकले नेकपा बेलका नगर कमिटी सचिव गणेश बस्नेत चौदण्डीगढी नगर कमिटी अध्यक्ष राजेन्द्र प्रसाद कटुवाल, उदयपुरगढी गाउँ कमिटी अध्यक्ष गोपाल खत्री र लिम्चुङबुङ् गाउँ कमिटी अध्यक्ष भलराज राईलाई जिम्मेवारीबाट हटाएको छ ।
बैठकमा प्रदेश सदस्य राजकुमार राई, अमर रायमाझी, मोहन खत्री, भेषकुमारी राउत, मण्विखम्बु, भिम अधिकारी, काजीमान तामाङ लगायतको उपस्थिति रहेको थियो ।

