
पूर्णपुष्टि, २५ माघ ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ त्रियुगा नगर अध्यक्षमा शुभ नारायण ठाकुर (बेनी) चयन भएको छ । ठाकुरको नेतृृत्वमा १५ सदस्य कमिटी चयन भएको छ । उपाध्यक्षमा कल्याण कार्की, सचिवमा राम शंकर साह रहेका छन् । यस्तै सदस्यहरुमा अमित राउत, हाफिज हुसेन, शुरेस राम, सन्दीप सहनी, सन्दीप सोनी, कंचन चौधरी, जित बहादुर दनुवार, अजय सहनी मलाह, बिवेक दर्जी, सतिष कुमार मन्डर र सावन चौधरी रहेका छन् । शनिवार पार्टीका केन्द्रीय सचिव वलदेव चौधरीको प्रमुख आथित्यमा समिति गठन भएको हो ।