Saturday, May 17News That Matters

नेकपा माओवादी केन्द्र बेलका नगरको अध्यक्षमा राम कुमार कम्मर

पूर्णपुष्टि, २५ चैत्र ।
नेकपा माओवादी केन्द्र बेलका नगरको अध्यक्षमा राम कुमार कम्मर चयन भएको छ । बेलकाको तेस्रो नगर अधिवेशनबाट राम कुमार कम्मरको अध्यक्षतामा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हरि श्रेष्ठ, उपाध्यक्ष ललित राई, उपाध्यक्ष शिव थापा रहेका छन् भने सचिवमा आकास राई चयन भएको छ । यता कोषाध्यक्षमा भिमा न्यौपाने चयन हुँदा प्रवक्तामा उमेश लामिछाने चयन भए । कार्यलय सदस्यहरुमा नबराज गुरागाई, कुमारमाल परियार, मार्था तामाङ सहित ३९ सदस्सीय कार्य समिति चयन भएको छ ।