
पूर्णपुष्टि, भदौ ६
वितेको २४ घण्टामा नेपालमा थप १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ ।

वितेको २४ घण्टामा कोरोना जितेर थप २ हजार २४८ जना घर फर्किएसँगै कोरोना मुक्त हुँनेको कुल संख्या ६ लाख ९८ हजार १७३ जना पगेको छ । त्यस्तै, वितेको २४ घण्टामा थप २४ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाले ज्यान गुमाउनेको कुल संख्या १० हजार ५०९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८१ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

