Saturday, June 20News That Matters

नेपालका थप २,३७० जनामा संक्रमण पुष्टि, १८ जनाको ज्यान गयो

पूर्णपुष्टि, असार २८

वितेको २४ घण्टामा नेपाल थप २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।

वितेको २४ घण्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४०० जना पुगेको छ ।

वितेको २४ घण्टामा १ हजार १३३ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना मुक्त हुनेको कुल संख्या ६ लाख २१ हजार २७ जनाको छ ।

हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन्, भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

वितेको २४ घण्टामा प्रदेश १ मा ४४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७१८ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २८६, लुम्बिनीमा १५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।