
पूर्णपुष्टि, वैशाख १४ गते ।
सौर्यमण्डलका चार वटा ग्रह एकैसाथ आकाशमा देखिन थालेका छन् । वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् ।
विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका आनुसार नेपालबाट खाली आँखाले नै यी चार ग्रहलाई देख्न सकिन्छ ।
समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्मालेका अनुसार यो इन्ट्रेस्टिङ हो । सुरक्षाकर्मीले कवाज खेलेजस्तै आकाशमा पंक्तिवद्ध रुपमा महत्वपूर्ण ग्रहहरू खाली आँखाले एकैसाथ देख्न सकिन शर्माले बताउनुभयो ।
उहाँका अनुसार यी चार ग्रहसँगै चन्द्रमा पनि लामबद्ध देखिन्छ । यो क्रम केही दिनदेखि जारी छ । र, अझै केही दिनसम्म यी ग्रहहरू यसैगरी लामबद्ध देखिरहेनछन् ।
