Sunday, May 17News That Matters

नेपालमा एकै दिन कोरोना संक्रमणबाट ५८ जनाको ज्यान गयो, ८६५९ संक्रमित थपिए

पूर्णपुष्टि,वैशाख २२

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

२० हजार ७ सय ५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६ सय १६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९ सय ९३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । योसंगै कोरोना संक्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।