
पूर्णपुष्टि, जेठ २४ ।
शनिबार विहानसम्मकाे अवस्थामा नेपालमा २ हजार ९ सय १२ जना काेराेना संक्रमित पुगेका छन् । नेपालमा ८८ हजार ३ सय ६६ जनाकाे पिसिअार प्रविधिबाट स्वाव परिक्षण गर्दा उक्त परिणाममा संक्रमित देखिएका हुन् । पछिल्लाे समय सरकारले परिक्षणकाे दायरा फराकिलाे पारेसंगै संक्रमित धमाधम देखिन थालेकाे हाे ।
उदयपुरमा भने गएकाे जेठ २ गतेसम्ममा ३३ जना संक्रमित देखिएकामा थपिएकाे छैन । जसमध्ये ३२ जना निकाे भएर फर्किरहेका छन् भने एक जना मात्र बाँकी रहेकाे जनाइएकाे छ । काेराेना संक्रमित संख्याकाे अाधारमा लामाेसमय पहिलाे स्थानमा रहेकाे उदयपुर हाल १८ अाैं स्थानमा पुगेकाे छ ।
हालसम्म मर्नेकाे संख्या ११ पुगेकाे छ । निकाे भएर घर फर्कनेकाे संख्या ३ सय ३३ पुगेकाे छ । नेपालकाे ७७ जिल्ला मध्ये हालसम्म ६७ जिल्लामा संक्रमित देखिएका छन् ।
अहिलेसम्ममा विश्वमा संक्रमितकाे संख्या भने ६८ लाख, ४४ हजार २ सय २२ पुगेकाे छ । मृत्यु हुनेकाे संख्या ३ लाख ९८ हजार २ सय २९ पुगेकाे छ भने निकाे हुनेकाे संख्या ३३ लाख ३५ हजार ३ सय ८१ रहेकाे छ ।
