
पूर्णपुष्टि, वैशाख ३० ।
देशभर कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ४सय ३६ पुगेको छ । ८ हजार ९ सय ६० जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको हो । आज ५ हजार ५५ थपिएसंगै देशभर निको हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएकाे छ।
विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ११ लाख ३९ हजार २ सय ५५ पुगेको छ । विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ४७ हजार ३४ छ भने निको हुनेको संख्या १३ करोड ८९ लाख ६५ हजार ३ सय १६ रहेको छ ।
