नेपालमा जनगणना सुरु भएको आज पाचौँ दिन, अझै सुरु भएन कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणना

पूर्णपुष्टि,कार्तिक २९
गत वर्ष सरकारले नेपालको प्रशासनिक नक्सा अद्यावधिक गर्दै समावेश गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गरिने भनिएता पनि गणना अझै सुरु हुन सकेको छैन । नेपालमा राष्ट्रिय जनगणना २०७८ सुरु भएको आज पाचौं दिन तर नयाँ नक्सामा समावेश गरिएका भू–भागमा अझै जनगण कसरि गर्ने अन्योलमै छ ।
नयाँ नक्सामा समेटिएका भूगोल कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने दार्चुलाको ब्यास गाउँपालिका–१ कुटी, नाभी र गुञ्जीमा स्याटलाइटबाट जनगणना हुने दाबी सरकारले गरिरहेको छ । ‘भारतीय अतिक्रमणको चपेटामा परेका’ ती गाउँमा जनगणना त परै जाओस् सोही वडाका तिंकर र छाङरूमा पनि जनगणना सुरु हुन सकेको छैन ।
कुटी, नाभी र गुञ्जीमा जनगणनाका लागि जिल्लालाई कुनै निर्देशन दिइएको छैन भने बाँकी गाउँमा जनगणनाका लागि गणक पुग्न सकेका छैनन् । नेपाली गाउँमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भए पनि भारतीय प्रशासनले अनुमति दिएको छैन । जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणनाबारे अनविज्ञता प्रकट गरे । यसबारे कुनै निर्देशन नआएको उनले बताउनुभयो ।
नयाँ नेपालको नक्सामा समावेश भएका भूगोलमा बसोवास गर्ने घर परिवारको पहिलो चरणको पहिलो चरणको जनगणना समेत भएको छैन । राष्ट्रिय जनगणनाका लागि घरधुरी सूचीकृत गर्दासमेत कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका गाउँको घरधुरी सुचिकृत गरिएको छैन । जनगणना अधिकारी पाण्डेका अनुसार छाङरू–तिंकर भन्दा माथिल्लो क्षेत्रमा जाने अनुमति नभएको र घरधुरी सूचीकृत पनि त्यहाँभन्दा अगाडि नगरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: