Friday, May 15News That Matters

ओखलढुंङगामा भएको जिप दुर्घटनामा तीनको मृत्यु १३ घाईते

पूर्णपुष्टि, कार्तिक २९
ओखलढुंगामा आईतबार भएको जिप दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएको छ भने १३ जना घाईते भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७ः३० बजेतिर जिप दुर्घटनामा परेको हो । दुर्घटनामा १३ जना घाइते छन् ।‘घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाईतेहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याउने तयारी भईरहेको छ ।