
पूर्णपुष्टि, भदौ २५
नेपालमा आज थप एक हजार दुई सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ५० हजार चार सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार एक सय ४४ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।
गत २४ घण्टामा एक हजार आठ सय १८ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुगेको छ ।
अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।

