Tuesday, August 11News That Matters

नेपालमा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, चैत १५

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

दुई हजार एक सय एक जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७६ हजार आठ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ९५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ३० पुगेको छ । नेपालमा अहिले १२ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार २७ जनाको ज्यान गएको छ ।