
पूर्णपुष्टि, माघ ५
नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएको छ । बेलायतबाट आएका तिन जनामा नयाँ प्रजातिको कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नयाँ प्रजातिको कोरोना हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो ।
आज सोमबार ती नमूनाको रिपोर्ट आएपछि विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तिन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी दिनुभएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरूषमा देखिएको कोरोना भाइरस यसअघि बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरससँग मिलेको मन्त्रालयले जनाएको छ ।
