Sunday, April 26News That Matters

नेपाललाई विश्वबैंकले १ सय मिलियन डलर ऋण दिने

पूर्णपुष्टि, जेठ २१ गते ।

नेपाललाई विश्वबैंकले १ सय मिलियन अमेरिकी डलर अर्थात करिब १२ अर्ब रुपैयाँ  ऋण स्वीकृत गरेको छ । डेभलपमेन्ट इन्भेष्टमेन्ट क्रेडिट योजना अन्तरगत नेपालले यो ऋण पाएको हो ।

नेपालको विद्युत विकास र कोरोना भाइरसविरुद्धको क्रियाकलापको लागि ऋण रकम स्वीकृत गरेको विश्वबैंकले जनाएको छ ।

यस ऋण सहायताबाट नेपालको विद्युत सेवा भरपर्दो र सुरक्षित बनाउने तथा क्षेत्रीय व्यापारमा सहयोग पुग्ने विश्व बैंकको दावी छ । स्थानीय सरकारलाई भरपर्दो बिजुली वितरणको लागि सक्षम बनाउने कार्यक्रम पनि सञ्चालन हुनेछ ।

संकटको बेलामा पनि नेपालको बिजुली प्रवाहको अवस्था सुधार हुँदै गएको र यसलाई थप भरपर्दो र दीगो बनाउनको लागि विश्वबैंकले ऋण लगानी गरेको विश्वबैंकले जनाएको छ ।

नेपालको ८८ प्रतिशत जनसंख्यामा बिजुली पुगेको र बिजुलीको उत्पादन बढ्दै गएकाले क्षेत्रीय व्यापारका लागि अन्तरदेशीय प्रशारणलाइन बनाउन जरुरी रहेको विश्वबैंकले जनाएको छ ।