
पूर्णपुष्टि, चैत्र २०
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार गाईघाट स्थित दोस्रो अधिवेशनले तारा प्रसाद चौधरीको नेतृत्वमा ८ जनाको समिति समेत बनाएको छ ।
संघकाका निवर्तमान अध्यक्ष ओमराज लिम्वुको अध्यक्षता तथा प्रदेश नं १ का अध्यक्ष जगत बहादुर भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यसमितिमा अध्यक्षमा तारा प्रसाद चौधरी सँगै उपाध्यक्षमा कविता कुमारी शाही, सचिव अर्जुन मेहेता, कोषाध्यक्ष पूजा भट्ट र सदस्यहरुमा पशुपति शाह, महाकान्त चौधरी, रमेश कुमार शाह र रामकुमारी शाह रहेकी छिन् । यता जिल्लाले केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ जसमा, तारा प्रसाद चौधरी,ओमराज लिम्बू ,तेज बहादुर कटुवाल, पशुपति कुमार शाह र अर्जुन मेहत्ता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि भट्टराईले नेपाल आयुर्वेद व्यवसायी संघ व्यवासायीहरुको साझा घर रहेको जनाएको छ । यसले व्यवसायीहरुको निती नियम र परिचालन सम्बन्धि काम गर्ने भन्दै अत्यावस्यक संघको रुपमा रहेको जनाए । उनले आयुर्वेद व्यवसायीहरुमा भएको समस्या र चुनौतीलाई सामना गर्न यस संघको अत्याधिक आवश्यक रहेको समेत जनाए । संघले व्यवसायीहरुलाई अझै एक ढिक्का बनाउने र थप व्यवासयीहरुलाई जोड्दै आयुर्वेद क्षेत्रलाई शसक्त बनाउने जनाए ।
