Wednesday, June 3News That Matters

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, एक जना घाईते

पूर्णपुष्टि, चैत २०
सुनसरी र झापाका तिन छुट्टाछुट्टै स्थानमा एकै दिन भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा मोटरसाइइृकल दुर्घटना हुँदा चालक स्थानीय २३ बर्षीय अमृत बि.क.को मृत्यु भएको छ । हिजो दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएको बि.क.लाई उपचारको लागी बिराटनगरको बिराट नर्सिङ होममा पठाईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

झापाको गौरादह नगरपालिका–१ मा हिजो बेलुका पानी बोक्ने ट्याङकरमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक स्थानीय ३६ बर्षीय राम सोरेन रहेका छन् । सडकमा बिग्रिएर रोकि राखेको को १ ख २४७९ नम्बरको पानी बोक्ने ट्याङकरमा मे २ प ३९१२ नम्बरको मोटरसाईकल ठोक्किदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका–६ स्थित भित्रि सडक खण्डमा पिकअपको ठक्करबाट एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।हिजो बिहान साढे पाँच बजे प्रदेश १–०१–००१ च ९१०७ नम्वरको पिकअप गाडीले ठक्कर दिँदा पैदल यात्री अर्जुनधारा–६ का ५३ बर्षीय कृष्ण निरौलाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटना बाट घाईते भएका बिर्तामोड नगरपालिका–५ का ४५ बर्षीय अर्जुन उप्रेतीको B&C अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । ठक्कर दिने पिकअपको चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।