Wednesday, June 3News That Matters

अबिरल वर्षासंगै परेको चट्याङले लागेर भरिबल खेलाडीको मृत्यु

पूर्णपुष्टि, चैत २० गते ।
ताप्लेजुङको सिरिजंघा गाँउपालिका–२ लासा टोलका २३ वर्षीय मुकेश भट्टराईको चट्याङले लागेर ज्यान गएको छ । हिजो राति पौने ९ बजे अबिरल वर्षासंगै परेको चट्याङले लागेर घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।