नेपाल कपडा तथा सिलाई व्यवसायी संघको शुभकामना तथा देउसी भैलो कार्यक्रम

पूर्णपुष्टि, २४ कार्तिक ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघले दशैँ तिहार र छैठ लगायत चाडपर्वको शुभकामना आदान प्रदान सँगै देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार गाईघाट स्थित जगत भवनको आफ्नै कार्यालयमा सिलाई व्यवसायी, ब्यपारी लगायत सम्बन्धित क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गरेका थिए । संघकी अध्यक्ष ज्ञानु प्रधानले संस्था र सिलाई व्यवसायीहरुको हितमा काम गर्ने भन्दै देउसी भैलो कार्यक्रम समेत गरेको जनाईन् ।

यसबाट उपलब्ध आर्थिक सहयोगले संस्थालाई आर्थिक क्षेत्रमा टेवा दिने प्रधानको भनाई छ । लामो समयदेखी आर्थिक संकटकै बावजुद पनि सिलाई व्यवसायीहरुको हकहितका लागि ब्यक्तिगत लगानीबाटै संस्थालाई अगाडी बढाईएको अध्यक्ष प्रधानको भनाई छ । कार्यक्रममा घरेलु माहासंघका केन्द्रीय सदस्य तथा ब्यवसायी भरत थापा, एमाले नेता तथा समाजसेवी भागवत राउत, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0