Saturday, April 26News That Matters

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्षमा बिना राई

पूर्णपुष्टि, ३१ चैत्र ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्षमा बिना राई चयन भएकी छिन् । महासंघको ११ औँ जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा ११ जिल्ला कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा उद्यमी समेत रहेकी ज्ञानु प्रदान चयन भएकी छिन् भने अर्को उपाध्यक्षमा नेत्र हिमाली चयन भएको छ । यसैगरी महासचिवमा भुपध्वज बस्नेत, सचिवमा तारा नेपाली र कोषाध्यक्षमा प्रमिला दनुवार चयन भएकी छिन् । यता सदस्यहरुमा धन बहादुर कटुवाल, गौरीनारायण चौधरी, चन्द्र वहादुर बिक, सुरेश कुमार शर्मा र खड्ग बहादुर सिंह रहेका छन् ।

यस्तै महिला उद्यमी समिति तर्फ बिनु राउत अध्यक्ष, फुल कुमारी आले उपाध्यक्ष र सरिता गेलाल महासचिवमा चयन भएकी छिन् ।
शुक्रबार गाईघाट स्थित राम जानकी पार्टी प्यालेर्समा आयोजित महासंघको अधिवेशनले नयाँ कार्यसमित चयन गरेको हो । यस कार्य समितिले आउँदो दिनमा उद्यमी र उद्योगीहरुको क्षेत्रमा व्यापक काम गर्ने जनाएको छ । अधिवेशनको उद्घाटन् कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले गरेकी थिईन् ।