Saturday, May 17News That Matters

नेपाल-भारत सिमा क्षेत्रबाट उदयपुरका दुई युवक लागुऔषध सहित पक्राउ

पूर्णपुष्टि, चैत्र १३ । नेपाल–भारत सिमा क्षेत्र नजिकबाट उदयपुरका दुई युवालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी गाउँपालिका–६ का २७ वर्षीय पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडा रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार बेलुका प्र १–०४–००२ प १०२७ नम्बरको मोटरसाइकलमा सवार भारतको जोगवनीबाट नेपाल प्रवेश गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक जाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको हो ।

मोटरसाइकल चालक बस्नेतको साथबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने वस्तु १.४८ ग्राम र मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको नाइट्राभेट–१० लेखिएको १५ ट्याब्लेट बरामद बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय रानीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।