Sunday, April 19News That Matters

रेडक्रस उदयपुर शाखाको ताला जबरजस्ती फोडी शम्भु पौडेल नेतृत्वको समिति प्रवेश

पूर्णपुष्टि, कार्तिक ११ । नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखामा शम्भु पौडेल नेतृत्वको कार्यसमितिले आइतबार कार्यालयमा लगाईएको ताला जबरजस्ती तोडेर प्रवेश गरेकाे छ । घन र रडले ताला फाेडेर अर्को समुहको सभापति मदनराज कटुवालको  नामप्लेटसमेत ताेडेर फ्याकेकाे छ । यि दुई समुहबीच विभिन्न कुरामा वादविवाद हुदैँ आएको छ । मुख्यगरी आधिकारिकताकाे  दावी आ-आफुलाई गर्दै दुबै समुहले गतिविधि गर्दै आएकाे छ ।