
पूर्णपुष्टि, बैशाख २३ । चौदण्डीगढीमा नेपाल शिक्षक संघको नगर समिति अध्यक्षमा देवनारायण चौधरी विजयी भएका छन् । नेपाली कांग्रेस निकट चोधरी पार्टीको क्षेत्रीय कार्यालय बेल्टारमा शुक्रबार भएको निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै निर्वाचित भएका हुन् ।
कुल मतदाता संख्या २ सय २८ रहेको मध्ये १ सय ७४ मत मात्र खसेको खसेको थियो । १ सय ७४ मत खसेकोमा ९२ मत प्राप्त गर्दै चोधरी अध्यक्षमा निर्वाचित भएका हुन् । चोधरीका प्रतिद्धन्दि देवेन्द्र अधिकारले ४२ मत र टेकबहादुर पोखरेलले ३८ मत प्राप्त गरे । त्यस्तै हरेराम यादव ८९ मतसहित सचिवमा निर्वाचित भएका छन । उनका प्रतिद्धन्दि प्रेमकुमार खड्काले ८३ मत प्राप्त गरे भने दुई मत बदर भएको थियो ।
आधारभूत विद्यायल सिवाई बेल्हीका प्रधानाध्यापक शिक्षक भाष्कर चौधरीले अरु पदाधिकारीहरुलाई यसअघि नै सर्वसम्मत चयन गरिसकेको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कृष्णकुमारी झा, जीतबहादुर कार्की, अर्थ सचिव प्रतापकुमार चौधरी, सह सचिवमा भक्तबहादुर तामाङ, समावेशी सह सचिवमा उमेश साह र सञ्जन चौधरी सर्वसम्मत चयन भईसकेका छन् । सदस्यमा गणेशबहादुर कटवाल चयन भएका छन् भने अन्य मनोनित गरी कूल २९ सदस्ययी रहनेगरी नगर समिति चयन निर्माण भएको उनले बताए ।
