
पूर्णिपुष्टि,वैशाख २३ ।
त्रियुगा उद्योग बाणिज्य संघ घाईघाटले व्यपारीहरुलाई मिसम्याचबारे सचेत गराएउने भन्दै अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिवार करदाता शिक्षा तथा मिसम्याच सम्बन्धि संघले आफ्नै निजी भवनमा व्यापारी तथा व्यवसायीहरुलाई करदाता शिक्षा अन्तरक्रिया तथा मिसम्याच कार्यक्रमको आयोजना गरिएका थिए । मिसम्याच हुँदा ब्यापारीहरु चर्को जरिवानाको भागेदार भएको भन्दै यसको निराकरण र ब्यापारीहरुलाई सहजताका रुप दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष रमेश रसाईलीले बताए ।

रसकाईलीका अनुसार गाइघाटमा पनि थुप्रै व्यपारीहरु मिसम्याचका कारण चर्को जरिवाना तिर्न बाध्य भएको जनाए । रसाईलीले मिसम्याचबारे बिभिन्न कार्यक्रमहरु मार्फत शिक्षा दिँदै व्यपारीहरुलाई जरिवानाबाट बचाउन संघ लागि परेको जनाए । उनले यसबारे बिगतकै कार्यक्रमहरुबाट पनि धेरैलाई सचेत गराउन सफल भएको र बाँकी रहेका केहिलाई पनि यस अन्तरक्रियाले सचेत गराएको जनाए । मिसम्याच भन्नाले दुई ब्यापारीहरु बिच हुने कारोबारको हिसाव किताब नमिल्नु अथवा तल माथी हुनु भन्ने बुझिन्छ ।
स्टोर बाट सामान खरिद गर्दा लागेको मुल्य र ब्यापारीले बेचेको मुल्यको असमानन्तर भएमा मिसम्याचको समस्या हुने गर्दछ । जस्तै गाईघाटका ब्यापारीले काठमाण्डौँको स्टोरबाट २० लाख बराबरको सामान ल्याउने र ल्याएको सबै सामान सेल भएको अवस्थामा पनि बेच्नेले चै १० लाख मात्रै देखाएमा उता १० लाख चै मिसम्याचको रुपमा देखिने गर्दछ । यसै आएको १० लाख बराबरको मिसम्याच चै चर्को जरिवानाको रुपमा आउने हुन्छ । तसर्थ दुवै व्यपारीहरु बिच बिल र हिसाव किताव समानान्तर भएमा मिसम्याच बाट बच्न सकिने अन्तरक्रियामा छलफल भएको हो । सरी मिसम्याच भएको कारोवारको जरिवाना चर्को रुपमा तिर्नु पर्ने संघका माहासचिव दिनेश श्रेष्ठले जनाए । जसले गर्दा स्टोर र ब्यापारीहरु बिच दुवै तर्फले लगानी र बिक्रिको हिसाव किताव चुस्त दुरुस्त राख्नु पर्ने कार्यक्रमले प्रष्टाएका छन् । कार्यक्रमलाई कृषि उद्यम केन्द्रले सहयोग गरेका थिए भने, करदाता सेवा कार्यालय गाईघाट र मनिराज एसोसियट गाईघाटले प्राविधिक सहयोग गरेका थिए ।

