
पूर्णपुष्टि, बैशाख २३ । सरकारी कागजात किर्ते गरेको आरोपमा सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक मदनबाबु भण्डारी पक्राउ परेका छन् । भण्डारीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षतर्फबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसार काठमाडौँका एसपी सीताराम रिजालले भण्डारीविरुद्ध सरकारी कागजात किर्ते गरेको उजुरी परेको बताए । उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको उनले बताए ।
पोखराबाट काठमाडौं आइपुगेका उनलाई पक्राउ गरी लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको रिजालको भनाई छ । आइतबार उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।
