नेपाल सहित २७ ओटा देशको दशैँको टिका साईत सार्वजानिक कुन देशमा कति बजे ?

पूर्णपुष्टि, असोज १५
अन्तराष्ट्रिय पञ्चाङ निर्णय समितिले यो बर्षको दशैँको टिकाको उत्तम साईत सार्वजानिक गरेको छ । समितिले नेपाल सहित २७ ओटा देशको उत्तम टिका साईत सार्वजानिक गरेको हो । नेपालीहरुको माहान चाँडको रुपमा मनाईने दशैँ बिभिन्न देशमा रहेको नेपालीहरुले पनि आफु रहेको देश बाटै मनाउने गर्छन् । नेपालीहरुले दशैँलाई माहान चाँड र महत्वका साथ मनाउने गर्छ यसै शिलशिलामा यो बर्षको दशैँ नजिकिए सँगै पंञ्चाङ समितिले सुभ साईत सार्वजानिक गरेको जनाए छ ।
यो दशैँमा नेपालको लागि असोज २९ गते बिहानको १० बजेर २ मिनेटमा टिका लगाउने उत्तम साईत रहेको समितिले जनाएको छ ।
बिभिन्न रोजगार तथा पढाईको शिलशिलामा बिदेशमा रहेको लाखौँ नेपालीहरुले दशैँलाइ आफुबसोवास गरेकै देश बाट महत्वका साथ मनाउँदै आईरहेको भन्दै बिभिन्न देशको सुभ साईत सार्वजानिक गरेको समितिले बताए ।
समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए ।
भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ । न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: