
चैत ३१ ।
आज शेयर बजार परिसूचक नेप्सेले २३.२३ अङ्कले बढेर बढेको छ । नेप्से बढेर अहिलेसम्मकै उच्च विन्दु २७ सय १४.७९ अङ्कमा पुगेको हो ।
यसअघि सोमवार (हिजो) १७.२० अङ्कले बढेर नेप्से २६ सय ९१.५५ विन्दुमा पुगेको थियो ।
आज बैंकिङ समूहको शेयर ४२.३६ अङ्कले, व्यापार समूहको शेयर ६९.२९ अङ्कले, विकास बैंकको शेयर ९५ दशमलव ४२ अङ्कले, हाइड्रोपावरको शेयर ३१.६९ अङ्कले बढेको छ ।
दुई सय नौ कम्पनीका एक करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर सात अर्ब १४ करोड ३१ लाख रुपियाँमा कारोबार भए । सबैभन्दा धेरै २८ करोड रुपियाँको शेयर किनबेच भएको छ ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि लक्ष्मी लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
